"बिनम्र अनुरोध "
![]() |
समर्पण बारम "आन्मोल " |
खासगरी मेरो नेपाल बराम संघमा आबद्ध आदरणीय अग्रज मित्रहरुलाई एउटा बिनम्र अनुरोद छ । हामी व्यक्तिगत रुपमा कुनै पार्टीको विचार धारा संग नजिक होला यो हुनु नौलो कुरा होइन । यो त मानबको प्रकृति हो । यसमा अनौठो मान्न पर्ने कुनै नौलो कुरा छैन । कुरा यो कि नेपाल बराम संघलाई चाही बिसुद्ध राजनीतिक सस्था बनाउन पाए कस्तो हुन्छ , होला । यदि बराम संघलाई अनि समस्त बराम हरुलाई फाइदा हुन्छ, भने सबै पार्टी संग हातेमालो गरौ तर एउटै संथा भित्र बसेर सबै आफुले गरेको राम्रो अनि अरुले गरेको सबै नराम्रो भन्ने मानसिकता बाट मुक्त हुन सके कसो होला । हामी आमुन्ने सामुन्ने हुदा केहि भन्न नसक्ने अनि जब एक अर्का बाट टाडा हुन्छु अनि फलानो यस्तो र तिलानो यस्तो भनेर कुरा काट्नु भन्दा साझा बिसयमा बहस चलाउ छलफल गरौ । यसबाट जे परिणाम निस्कन्छ त्यो पक्कै अनि तमाम बराम को पक्षमा हुने छ , भन्ने लागेको छ तर जो कसैले पनि बराम संघलाई आधार बनाएर म यस्तो गर्छु उस्तो गर्छु भनेर चाही पक्कै पनि नसोच्नु होला । नत्र हजुरहरुको बराम संघमा अहिले सम्म गर्नु भएको योगदानको अनि देनको भोलि कदर नहोला,यस्तो हुनु भनेको हजुरहरु अनि तमाम बरामहरुको हार हुने छ । तेसैले "बरामको फाइदाको लागि हामी एक हौ" यो नै तमाम बराम बन्दु, नेपाल बराम संघ, अनि हजुरहरुको पनि फाइदा हो भन्ने लाग्छ ।
यदि मेरो लेखले हजुरहरुको व्यक्तिगत जिबनमा ठेस पुग्न गएमा क्षमा याचना प्रकट गर्द छु मेरो लेखले हजुरहरुको ब्यतिगत जिबनमा ठेस पुगोस भन्ने मेरो चाहना पक्कै होइन अनि हुने पनि छैन ।
![]() |
बरामहरुको महान पर्ब चण्डीपुर्निमको केहि पुरानो फोटोहरु
No comments:
Post a Comment